काठमाडौँ । बागमती प्रदेशका नयाँ मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी्)पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् ।

CG Digital

प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेसँगै नेता पाण्डेले ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा  दावी पेश गरेका हुन् ।

अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार बसेको प्रदेशसभा बैठकबाट राजीनामा भन्ने शब्द प्रयोग नगरी मार्गप्रशस्त गर्ने घोषणा गरेपछि प्रदेश प्रमुख शर्माले भोलि बिहीबार ३ बजेसम्मका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।त्यसपछि पाण्डेले काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपासहितका सांसदको समर्थनमा दावी पेश गरेका हुन् ।

बाग्मती प्रदेशसभामा १०९ जना प्रदेशसभा सदस्यहरू रहेकोमा सरकार गठनको लागि ५५ सांसदको समर्थन आवश्यक पर्दछ । नेकपा एमाले विभाजनपछि १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै अहिले एमालेका ४३ जना मात्र सांसद छन् ।

यस्तै, प्रमुख प्रतिपक्ष नेकपा माओवादीका २३ जना, नेपाली कांग्रेसको २२ जना, विवेकशील साझा पार्टीको तीन जना, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई जना, राप्रपाका दुई जना र जनता समाजवादी पार्टी (जसपा) को एक जना प्रदेशसभा सदस्य छन् ।