काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ ।

बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ ।

सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए ।  भित्र बार एशोसिएसनकाे बैठक चलिरहँदा बाहिर न्यौपाने र  चुडालबीच हानाहानकाे स्थिति सिर्जना भएकाे हाे ।

अब कानुनी उपचारमा जाने अधिवक्ता भूमिनन्दको भनाइ छ । ‘मिडियामा न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हाले,  अब म कानुनी प्रक्रियामा जान्छु ।’ उनले भने ।