आमिन राइन,

जनकपुरधाम : जनता समाजवादी पार्टी(जसपा)का युवा नेता जितेन्द्र यादवले मुलुक भरिको शिक्षा क्षेत्र दिन प्रतिदिन  तल हुदै  गएको बताउनु भएको छ ।

आज जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै जसपा युवा  नेता यादवले प्रदेश मार्फत हुनु पर्ने शिक्षालाई स्थानीय मातहतमा राखेर संघीय सरकार आफै नियन्त्रण गरिरहेका कारण शिक्षा क्षेत्र धारासायी हुँदै गएको उहाको भनाइ थियो ।

दलित, जनजाति, मुस्लिम, महिलाहरुमा शिक्षाको पहुच बढाउनु पर्नेमा जोड दिदै नेता यादवले भने , जबसम्म यस समुदायमा  शिक्षाको पहुच हुँदैन तबसम्म सुखी नेपाल समृद्व र  नेपालको परिकल्पना गर्न सकिदैन ।

प्रदेश दुइमा  झण्डै १३ प्रतिशत रहेको मुस्लिम समुदायको धार्मिक शिक्षालाई समेत मान्यता दिनु पर्नेमा जोड दिदै नेता यादवले मदरसा शिक्षामा एकरुपता तथा समय सापेक्ष बनाउने जिम्मा राज्य लाई लिनु पर्ने बताए ।

शिक्षा हासिल गरेर गलत र सहि छुट्याउन सके आफू समाप्त हुने डरका कारण काँग्रेस र कम्युनिष्टले ती समुदायहरुलाई शिक्षाबाट बञ्चित गर्न खाेजेकाे यादवको आराेप थियो । त्यसकाे प्रत्यक्ष उदाहरण भनेकाे मदर्शा शिक्षाका साथै मातृभाषा शिक्षामा राज्य पक्ष उदासिन रहनु हो ।

शिक्षाको आमूल परिबर्तनका लागि जसपा नेपालले गरिरहेको संघर्षको एक सिपाहिकाे हैसियतले विराषतवाद राजनीति बिरुद्धको सँघर्षमा सहभागी भई विभेद रहित समाज निर्माण गर्न यादवले युवा बर्गमा आग्रह समेत गरेका छन ।