जनकुरधाम । साना किसान तथा सहकारी संस्था लिमिटेड हंसपुर नगरपालिका–३ को पाँचौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

हंसपुर नपाका मेयर रामज्ञान मण्डलको प्रमुख आतिथ्य तथा वडाअध्यक्ष उदय सिंहको सभापतित्वमा आयोजित एक समारोह बीच संस्थाको सधारणसभा सम्पन्न भएको हो । यसअघि साधारणसभाको उद्घाटन गर्दै मेयर मण्डलले सहकारीसित समुदायलाई जोड्नुपर्ने धारणा राखे । अर्थतन्त्रको मेरुदण्ड बनेको सहकारीलाई व्यवस्थापन गर्दै अघि बढनुपर्ने मेयर मण्डलले थपे । सहकारीको विकास बिना देश विकास सम्भव नरहेको बताउँदै उनले सहकारीको व्यवस्थापन गर्दै अघि बढनुपर्नेमा जोड दिए । कार्यक्रममा संस्थाको प्रगति विवरण लगायतको जानकारी सहितको पत्रहरु प्रस्तुत गरिएको छ भने संस्था दिन प्रतिदिन नाफामा गईरहेको वक्ताहरुले बताएका छन् ।

सो कार्यक्रममा स्थानीय भद्रभलादमी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सहकारीका कर्मचारी तथा संस्थाका सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।