विसुन्देब सरदार,

 

लहान।कार्तिक-१५गते।

 

सिराहाको लहानमा आज सोमबार माटोको बर्तन किन्नेहरु घुईचो देखिएको थियोे । हिजोआज बजारमा माटोको बर्तन देखि सरसमान सम्मको किन्नेहरुको चहलपहल बढदो देखिन्छ।

माटोको बर्तन खासगरी कुमहाल जातीले बनाउने गर्छ, माटोको मुर्ति , सरसामान अति नै शुद्ध हुन्छ । प्रा:य जसो हामी पुजा पाठमा मिट्टी अर्थात माटोद्वारा निर्मित सामानहरु प्रयोग गरिदै आइरहेका छौ ।

माटोको बर्तन सेट २ सयमा विक्री गरिएको देखिएको थियोे । २ सयमा एउटा हात्ती , ढकनी, दीप , घैलो दिइएको लहान -७ बस्ने ममता कुमारी गुप्ता , लहान-८ बस्ने शोभा गुप्ताले बताएकी छिन। चार्डपर्व नजदिकै गर्दा ठाउँ ठाउँबाट बजार अनुगमन हुनुपर्ने आवाज उठिरहेको देखिन्छ ।

 

अहिले सिराहा , लहान , धनगडी , गोलबजार , सुखिपुर , मिर्चैया , चोहर्वा बन्दिपुर लगायतका बजारहरुमा सुन देखि नुन सम्मको समान निसंकोच विक्री भइरहेको देखिन्छ । यत्ती बेला बजार अनुगमन जरुरी देखिन्छ । अनुगमनले सामानको मुल्य , म्याद गुजरिएका सामान नष्ट गरिदिनु बेला भएको छ। नगरपालिका र घरेलुु तथा साना उधोग कार्यालय लहानले अनुगमन गर्नु जरुरी देखिन्छ ।

आउदो बिहीबार धनधान्नी माता लक्ष्मी पुजा हुनेछ , भने त्यसको ६ दिन पश्चयात सुर्य देवतालाई पुजा गरि छठ मनाइने छ। छठ पर्वलाई दिनानाथ दिनकर भनेर पनि भन्ने गरिन्छ ।