मधेशटप,

जनकपुरधाम : भीम रावलले माधब नेपालको पार्टीमा जान लागेको हल्ला निराधार भएको भन्दै हल्लाको पछि नलाग्न रै केही मानिसहरुले चलाएको हल्लाको कुने तुक छैन भन्दै खण्डन गरेका छन् । एक टेलिभिजनमा अन्तरवार्ताका क्रममा भीम रावलले आफु माधब नेपाललाई एमालेमा ल्याउन पहल गरिरहेका बेला माधब नेपालको पार्टीमा जादैँछ भन्ने निराधार हल्ला चलाईएकाले गम्भिर आपत्ति समेत जनाएका छन् ।

नेकपा एमालेबाट नै आफु जन्मेको र नेकपा एमाले नै आफ्नो जन्मघर भएकाले छोड्न नसकेको भन्दै उनले एमालेप्रतिको आघात प्रेमको पनि खुलासा गरे । नेकपा एकिकृत समाजवादीका संयोजक माधब नेपालले छानीछानी मन्त्री पद दिने अफर गरेको तर ओलीप्रतिको आघात प्रेम र एमालेप्रतिको बिश्वासले टाढा हुन नदिएको रावलले बताए ।

केपी शर्मा वली नेतृत्वको सरकारले फिर्ता ल्याएको जमिनमा जनगणना समेत गर्न नसक्नु बिडम्बना भएको समेत उनले बताए । देउबा सरकारले भाडँभैलो लुटतन्क्र मात्र्र मच्चाएको र माधब नेपालहरु समेत लुटतन्त्रमा लिप्त भएको रावल बताउँछन । आफु देशभक्त नेता भएकाले अरु सांसद जस्तो मन्त्री पदका लागी सति नगएको पनि रावलको तर्क थियो ।

भीम रावलले केही मानिसहरुले भीम रावलले नेकपा एसमा जादैँछन भन्ने निराधार हल्ला चलाएकाले कडम रिस समेत पोखेका छन । आफुबिरुद्ध माधब नोपाल र उनी निकटका आसेपासेले षडयन्त्र मच्चाएकको रावलले बताृए । आफु सदैब ओली र एमालेको पक्षमा रहेको तर ओलीले गरेका गलत कामम बिरोध नै गर्ने रावलले बताए ।