विवेक महतो ।

 

महोत्तरी, १६ कात्तिक ।

प्रेस सेन्टर नेपाल महोत्तरीको दोश्रो अधिवेशनले नयाँ नेतृत्व पाएको छ । धनवीर महतोको अध्यक्षयतामा प्रेस सेन्टर नेपाल महोत्तरीको १३ सदस्यीय कार्यसमिती सर्वसम्मतले चयन भएको हो ।

महोत्तरीको बर्दिवासमा सोमवार भएको जिल्ला अधिवेशनबाट खुल्ला उपाध्यक्षमा बिशाल बस्नेत, समावेशी उपाध्यक्षमा रिता लामा, सचिवमा अमृत कुमार महतो, सह सचिवमा ममता शर्मा, कोषाध्यक्षमा आसा कुमारी तोलाङ्गे लगायत १३ सदस्यीय कार्य समिति निर्वाचित भएको निर्वाचन संयोजक हेम कुमारी बरालले जानकारी दिईन् ।

अधिवेशनमा बोल्ने बक्ताहरुले प्रेस सेन्टर श्रमजिबी पत्रकारहरुको संगठन भएकाले यसमा आबद्ध पत्रकारहरूले स्वच्छ तथा निष्पक्ष पत्रकारिता गर्नुपर्ने कुरामा जोड दिएका । उनीहरुले जनताको लामो संर्घष र बलिदानपछि आएको अहिलेको व्यवस्थालाई टिकाई राख्न पत्रकारहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै पत्रकारहरूले सत्य तथ्यका आधारमा समाचार नागरिकहरू समक्ष लैजानुपर्ने भन्दै देश र जनताका लागि माओवादी केन्द्रले गरेका क्रियाकलापहरूलाई समेत नागरिक समक्ष पु¥याउन कन्जुसाई गर्न नहुने विचार ब्यक्त गरे ।