जनकपुरधाम । उच्च अदालत जनकपुरले पुर्वराज्य मन्त्री सञ्जय साह ‘टकला’ लाई ११ वर्षको कैद सजाय सुनाईएको छ ।

जनकपुर बम काण्डमा साहलाई सोमबार उच्च अदातल जनकपुरले ११ वर्षको कैद सजाय फैसला सुनाएको हो । यसअघि साहलाई धनुषा जिल्ला अदालतले २०७५ सालमा मुख्य अभियुक्त ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।

उक्त बम काण्डमा ५ जनाको मृत्यु र ४० जना भन्दा बढी घाइते भएका थिए । सो काण्डमा साहलाई ‘ज्यान मार्ने षड्यन्त्र कसुर’मा अदालतले हिजो उक्त फैसला गरेको छ ।

उनले ज्यान मार्ने उद्योगमा पहिला नै उच्च अदालतले फैसला सुनाइसकेको र सोमबार ज्यान मार्ने षडयन्त्र मुद्दामा गरेको भनेको विषयमा छलफल भएपछि ११ वर्ष कैद सजाय ठहर भएको बताए ।

विक्की दास कथबनियाले दिएको मुद्दामा न्यायाधीश धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलाशले पूर्व राज्यमन्त्री साहलाई ११ वर्षको कैद सजाय सुनाएको छ ।