मधेशटप,

 

जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) को प्रदेश २ का अध्यक्ष तोक्ने एवंम् फाइनल गर्ने  जिम्मेवारी जसपा का केन्द्रिय अध्यक्ष उपेन्द्र  यादवलाई दिइएको छ । १५ सदस्यीय प्रदेश कमिटीकालागि विभिन्न पदमा ७८ जना आकांक्षा देखिए  पछि अध्यक्ष निर्धारण गर्ने जिम्मा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई दिइएको हो ।

केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री  लालबाबु राउत, वर्तमान भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री  एवंम् प्रदेश कमिटी  अध्यक्ष बिजय यादव, लगायतका नेताहरुको सोमवार जनकपुरधाममा भएको बैठकमा बढी आकांक्षा देखिए  पछि सो निर्णय गरिएको हो ।

प्रदेश अध्यक्षकै लागि १० जनाले आकांक्षा जाहेर गरेका थिए । भने जनता समाजवादी पार्टी बाट अलग भएका  लोकतान्त्रिक समाजवादी पार्टीका नेता कार्यकर्तालाई समायोजन गर्नकालागि पार्टीले नाम समेत  माग गरेका थिए ।

पार्टीले एक व्यक्ति एक पदको अवधारणा गरी प्रदेश कमिटी, स्थानीय कमिटी र केन्द्रीय कमिटी पुनर्गठन गर्न लागेको हो ।

असोज २५ गते जनकपुरधाममा समायोजन सम्पन्न भएको थियो । समायोजनलाई पूर्णता दिनकालागि सोमवार जनकपुरधाममा बैठक बोलाइएको थियो । एक व्यक्ति एक पदको अवधारणा अनुसार बोलाइएको बैठकमा सदस्यहरुले आ–आफ्ना पद जाहेर गरेका थिए ।

बैठकले अध्यक्ष तोक्ने जिम्मेवारी केन्द्रीय अध्यक्षलाई दिएपछि अध्यक्षले पनि नेता कार्यकर्ताहरुको भावना अनुरुपको निर्णय सुनाउने उनीहरुले विश्वास व्यक्त गरेका थिए । एक व्यक्ति एक पदको व्यवस्था पार्टीमा भएपछि प्रदेश कमिटीका अध्यक्ष बिजय यादवले समायोजन भएको दिन नै राजीनामा गरेका थिए ।

तर, अध्यक्ष चयन हुन नसकेपछि तत्कालिन  बिजय यादवलाई नै अध्यक्ष पदको जिम्मेवारी दिइएको थियो ।