सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप ११ जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय २७ पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशमा ४६९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १३ हजार ४८० जना पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ४ सय ९० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९२ हजार २ सय ७७ जना संक्रमणमुक्त भएका छन् ।