मधेशटप,

जनकपुरधाम । महोत्तरी जिल्लामा ढोकामा च्यापिएर एक जना बालकको मृत्यु भएको छ ।

मटिहानी नगरपालिका वडा नम्बर १ धिरापुर बस्ने प्रबोध साहका ९ वर्षीय छोराको ढोकामा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।

घरमा आमासँगै सरसफाइ गरिरहेका बालकको घाँटी ढोकामा च्यापिएको थियो ।

घाँटी अड्केपछि घाइते भएका बालकलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लगिएको थियो । अस्पताल लग्ने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।

बालकको शव पोष्टमार्टमपछि परिवारलाई बुझाइसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।