उमेश कुमार साह , कार्तिक १७                                  बोदे बर्साईन । सप्तरीको बोदे बर्साईन नगरपालिकामा नम्बर ०५ शत्रुध्न चौक देखि पुर्व अक्टोभोग आई केयर सेन्टर प्रा लि तथा गीता हेल्थ केयर प्रा लि सञ्चालनमा आएको छ।

सेन्टरले नविनतम् प्रविधिसहित अन्तर्राष्टिय स्तरको सेवा प्रदान गर्ने ।प्रतिबद्धता व्यक्त गरेका छन।एक कार्यक्रमको बीच प्रमुख अतिथि भु. पु कृषि मन्त्री तथा राष्ट्रिय सभा सदस्य माननीय मृगेन्द्र कुमार सिंह यादवले उद्घाटन गरेका हुन्। बिशिस्ट अतिथि भु पु सान्सद सुरेन्द्र प्रसाद यादव , बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादव , शत्रुधन साह अतिथिहरु बोदे बर्साईन नगर स्वास्थ्य संयोजक बैधनाथ साह , वडा अध्यक्ष लक्ष्मि साह , नगर ब्यापार संघ बोदे बर्साईनको उपाध्यक्ष राधेश्याम भगत , सचिब अनिल प्रसाद सिंह , नेता दिलिप यादव , कुलानन्द साह , मिस्टर अशोक साह ईन्जिनियर , लगायत विभिन्न पार्टीको प्रतिनिधि, बाजार बासी , युवा , बुद्धिजीवी पत्रकार उमेश कुमार साह लगायत स्थानीयको उपस्थिति थियो।

सेन्टरको स्थापना नेत्ररोग विशेषज्ञ, दृष्टि विशेषज्ञ तथा आँखा स्वास्थ्यमा क्रियाशिल व्यक्तिले गरेका हुन्।

सेन्टरले आँखा परिक्षण र उपचारमा सवैको सहज पहुँचका निम्ति शुल्क सर्वसुलभ बनाएको जानकारी तथा यो महिना भित्र नि:शुल्क उपचार रहेको सेन्टरको संथापक गीता कुमारी साहले बताए । त्यसैगरी आँखा जचाँउ स्कुल जाउ भन्ने अभियान पनि सेन्टरले सुरु गरेको छ।

संस्थामा विना इन्जेक्सन अत्याधुनिक प्रविधिबाट मोतियाविन्दुको अपरेसन गर्ने तथा आँखाको नानी प्रत्यारोपण, रेटिना (पर्दा) को सल्यक्रिया सेवा समेत छ।