मधेशटप,

 

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले स्वकिय उप-सचिवमा अशोक कुमार यादवलाई नियूक्त गरेकी छन् ।

असोज २२ गतेदेखि लागु हुनेगरी नै द्धितिय श्रेणीको उप- सचिव पदमा मन्त्री यादवले उनलाई नियुक्त गरेकी हुन् । स्वकिय उप-सचिव बनेका यादव जसपाको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका केन्द्रीय इन्चार्ज  हुनु भएको थियो ।

स्वकिय उप-सचिव यादव प्रत्यक्ष निर्देशनमा रही आफ्नो पदीय जिम्मेवारी पुरा गर्ने आशा र विश्वास लिएको मन्त्री रेणु यादवले उल्लेख गरेकी छन् ।