मधेशटप ।

 

जनकपुरधाम । प्रदेश २ का नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रदेश २ सरकारलाई बुझाएका छन ।

 

बुधवार एक कार्यक्रमका बीच आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले आयोगका अध्यक्षका समेत रहेका मुख्यमन्त्री लालबाबु राउतलाई सो प्रतिवेदन हस्तान्तरण गरेका हुन ।

गत आर्थिक वर्षमा गरेका काम र गतिविधिहरुको विवरण समेटिएका ६० पृष्ठको तयार प्रतिवेदन आयोगले सरकारलाई हस्तान्तरण गरेका छन ।

नीति तथा कार्यक्रम, विषयगत मन्त्रालयको बजेट सिमा निर्धारण र मार्ग दर्शन, मध्यमकालिन खर्च संरचना, दीगो विकासका लक्ष्यहरुको मार्गचित्र लगायतकाहरु कुरा प्रतिवेदनमा समेटिएको उपाध्यक्ष डा.झाले बताएका छन ।

सो प्रतिवेदनमा प्रदेशको जनसांख्यिक अवस्था, प्रोफाइल निर्माण, प्रदेश अनुगमन तथा मुल्यांकन दीग्दर्शन, प्रदेश योजना तथा कार्यक्रम दीग्दर्शन निर्माण लगायतका कुराहरु समेत समेटिएको उनले जानकारी दिए ।

सो प्रतिवेदनलाई मुख्यमन्त्री राउतले प्रदेश सभाको आगामी बस्ने बैठकमा पेश गर्ने छन् । प्रतिवेदन हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, आयोगका पदाधिकारी तथा कर्मचारी र मुख्यमन्त्री कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।