मधेशटप,

 

जनकपुरधाम : धनुषा क्षिरेश्वरनाथ नगरपालिका सखुवा बजार स्थित रहेको लक्ष्मी मन्दिरबाट पुर्व उपप्रधानमन्त्री रघुविर माहासेठको सहभागितामा भव्य कलश यात्रा सम्पन्न भएको छ ।

हिन्दुहरुको महान पर्व दिपावली लक्ष्मी पुजाको अवसरमा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ मवेसी बजार स्थित प्रत्येक वर्ष लागदै आएको श्री श्री १०८ श्री लक्ष्मी पुजा यसवर्ष धनुषा निर्वाचन क्षेत्र नं. ४ का सांसद पुर्व मन्त्री रघुविर महासेठको सहयोगमा नयाँ मुर्ती स्थापित र मेला व्यवस्थापनमा यूवा नेता नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य अनिल चौधरीको विशेष सहयोगमा भव्यरुपमा मेला लाग्न गइरहेको मेला समिति अध्यक्ष अनित यादवले जनकारी दिएका छन ।

हिन्दुहरुको महान पर्व दिपावली लक्ष्मी पुजाको पुर्व सन्धयामा निकालिएको भव्य कलश यात्रा सखुवा बजार, सखुवा चोक हुँदै दुधमतीमा जल भरी महेन्द्रनगर बजारको परिक्रमा गर्दै पुन्ह मन्दिरमा कलश स्थापित गरेका छन ।

कलश यात्रा सम्पन्न पश्चात लक्ष्मी पुजा मेला समिति अध्यक्ष अनित यादवको अध्यक्षता र धनुषा निर्वाचन क्षेत्र नं ४ का सांसद पुर्व मन्त्री रघुविर महासेठको प्रमुख आतिथीयमा आयोजित कार्यक्रममा पुर्व मन्त्री महासेठ हिन्दुहरुको महान पर्व दिपावली तथा छठ पर्वको शुभकामना दिदैँ भौतिक पुर्वाधार मन्त्रि हुँदा जनता समक्ष गरेको प्रतिवध्ता पुरा गरेको छु र विशषगरी क्षिरेश्वरनाथ नगरपालिका भित्र विकासको लागी वजेट ल्याएको तर याहाँका जनप्रतिनिधिहरुले काम गर्ने वातावरण बनाई दिएन भन्दै आरोप लगाएका थिए ।

अहिले पनि कुनै पार्टीको व्यक्ति भएपनि आफू काहाँ सहयोगको लगाी आउँछ भने सहयोगको लागी त्यार रहेको बताउनु भयो । साथै लक्ष्मी मन्दिरमा रहेको मुर्तीको उदघाटन गर्दै आउने दिनमा लक्ष्मी मन्दिरलाई अझ रंगरोगन गरी चिटिक बनाउन आयोजक समिति र स्थानियहरुलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा पुर्व जिविस अध्यक्ष राम चरित साह, मिथिला विहारी नगरपालिका मेयर अनिल यादव, नेकपा एमाले जिल्ला कमिटि सदस्य भोला यादव, महेन्द्र यादव, प्रदेश कमिटि पल्टी देवी, जसपा नेता सुखदेव यादव, विनोद गुप्ता, जित नरायण साह, क्षि.न.पा. वडा नम्बर २ का वडाअध्यक्ष श्याम यादव, ७ का रामकिशुन यादव, नेकपा नेता संजय साह, ललित साह, सुनिल साह, श्याम महतो लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

साथै मेलालाई भव्य वनाउनको लागी जिल्ला स्तिरिया कवडि प्रतियोगिता, पहलमानी र विभिन्न मनोरन्जनातमाक झुलाहरुको व्यवस्था गरिएको मेला समिती सदस्य अनिल यादवले जनकारी दिए ।