मधेशटप,

जनकपुरधाम : श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले आईपीओ बिक्रि गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीले ४७ करोड उनासी लाख बराबरको ४७ लाख ७९ हजार कित्ता आईपीओ बिक्रि गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयका र सर्वसाधारणलाई आइपीओ बिक्री गर्न अनुमति मागेको हो।

 

आइपीओको भाउ प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ भने बिक्री प्रबन्धकको रुपमा सानीमा क्यापिटल रहेको छ। कम्पनीले कार्तिक १० गते आईपीओ बिक्रि गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको हो। बोर्डबाट अनुमति पाएपछि कम्पनीले आइपीओ निष्काशन प्रकृया अघि बढाउनेछ ।

 

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आईपीओ बिक्रि गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीले १७ करोड ६४लाख ११ हजार बराबरको १७ लाख ६४ हजार १ सय १० कित्ता आईपीओ बिक्रि गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयका र सर्वसाधारणलाई आइपीओ बिक्री गर्न अनुमति मागेको हो।

आइपीओको भाउ प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ भने बिक्री प्रबन्धकको रुपमा बीओके क्यापिटल मार्केट रहेको छ। कम्पनीले कार्तिक १४ गते आईपीओ बिक्रि गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको हो। बोर्डबाट अनुमति पाएपछि कम्पनीले आइपीओ निष्काशन प्रकृया अघि बढाउनेछ ।