मधेशटप,

 

जनकपुरधाम : धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ स्थित लक्ष्मीनिया बजार देखि हरिनमरी जाने बाटोमा दुर्गा मन्दिर नजिक खाल्डो देखिएको छ ।

दीपावलीको पूर्वसन्ध्यामा पनि  फोहोर र खाल्डो त्यतिकै   थुपारिएको छ । गाउँपालिका अध्यक्ष विन्देश्वर यादवको बेवास्ताका कारण गाउँका धेरै ठाउँमा  फोहोर उठ्न नसकेको स्थानीयको  आरोप छ । सर्वसाधारणले दीपावलीमा आ–आफ्नो घर, आँगन, सडक सरसफाइ गर्छन् । तर लक्ष्मीनियाँ  गाउँपालिकाले अहिलेसम्म सडकबाट दुर्गन्धित फोहोरमैला   नउठाउँदा र खाल्डो नगर क्षेत्र नै दुर्गन्धित बनेको स्थानीय पसल चलाउनेहरुको  भनाइ छ ।

लक्ष्मीनियाँ गाउँपालिका  स्थित लक्ष्मीनिया बजारको फोहोर व्यवस्थापनमा उदासिनता देखाएको  छ ।

रोडमा खाल्डो र  फोहोर भएको हुनाले उक्त ठाउँमा भएको  तिन, चारवटा पसलमा ग्राहक आउन अप्ठ्यारो भएको  छ ।

लक्ष्मीनियाँ  गाउँपालिका अध्यक्षलाइ गाउँपालिकवाट मोबाइल नम्बर दिएकोमा उक्त नम्बरमा  मधेशटप डटकमका प्रतिनिधिले  फोन गर्दा उहाँको चालक फोन उठाँउ छन् । चालक भन्छन् अर्को नम्बरमा फोन गर्नुस्। नम्बर दिएपछि उक्त नम्बरमा पनि  उठेन ।

 

त्यस्तै राधाकृष्ण मन्दिरका व्यवस्थापन समितीवाट गुहार गर्दा गर्दा मान्न तयार भएनन् गापा अध्यक्ष यादव आफू घरमा रंगीन बतीबालेर बस्छन् भने यहाँकाका ब्यापारी दुर्गन्धमा बस्न बाध्य भएका छन् ।