मधेशटप

जनकपुरधाम । दीपावली गर्ने क्रममा अनामनगरको कार्की भवनमा आगलागी भएको छ ।

सिंहदरबारको पूर्वी गेट अगाडि रहेको स्थानीय जयन्द्र कार्कीको घरको दोश्रो तलामा आगलागी भएको हो ।

आगलागीबाट फर्निचर, ल्यापटप लगायतका सामानहरु जलेको महानगरीय प्रहरी वृत सिंहदरबारका डिएपी भरत श्रेष्ठले जानकारी दिए ।

आगो अहिले पूर्ण रुपमा नियन्त्रणमा आइसकेको श्रेष्ठले बताए ।