सप्तरी,कात्तिक १७ ।

राजगढ़ गाउँपालिका र विष्णुपुर गाउँपालिकाको संयुक्त आयोजनामा कात्तिक १७ गते आयोजित बृहत पार्टी प्रवेश र शुभकामना आदान – प्रदान कार्यक्रममा प्रमुख अतिथि जसपा , नेपालका अध्यक्ष श्रद्धेय उपेन्द्र यादवज्यूले दिनु भएको अभिव्यक्तिको सारसंक्षेप —

१. ओलीले फालेको जालमा सन्त – महन्थहरू सजिलैसंग फसेको ।

कोही १३ दिनको , कोही १२ दिनको र कोही १० दिनको मंत्रीसमेत बनेका थिए । ओलीसंगै प्रतिगमनको मतियार बन्ने उनीहरू ओलीको शरणमा गए । तर जनताको सामू घुंडा टेक्नु परयो । ओलीको सत्ता च्युत भयो । फलस्वरूप आज गठबन्धनको सरकार बनेको छ ।

लोकतन्त्रको रक्षा भएको छ। समावेशीकरणको रक्षा भएको छ । मूलतः मधेशको स्वाभिमान र सम्मानको रक्षा भएको छ ।

२. सातवटा प्रदेशमध्ये प्रदेश २ मा मात्र जसपाको सरकार थियो ,तर आज ओलीको सरकार ६ वटै प्रदेशमा दम तोडिसकेको छ । आउने दिनमा ५ वटा प्रदेशमा जसपा , नेपालको भागिदारी हुनेछ ।
३. जसपा वैकल्पिक शक्तिको पार्टी हो , जसले देशको परिवर्तन गर्न सक्छ र परिवर्तनलाई रक्षासमेत गर्न सक्छ ।

कार्यक्रममा मा . मृगेन्द्र कुमार सिंह यादव ,।मा . राजकिशोर यादव , सप्तरी जिल्ला अध्यक्ष केदार प्रसाद यादव , नेत्री मीरा यादवसमेतको उपस्थिति रहेको थियो ।