काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा पुगेका छन् ।आइतबार दिउँसो ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवासमा पुगेका हुन् ।

ओली र राष्ट्रपतिबीचको भेटवार्तालाई पुष्टि गर्दैै ओलीका सहयोगी रामशरण बजगाईंले समसामयिक विषयमा कुराकानी भएको बताए ।