जनकपुरधाम । जनकपुरधाम–पटना बस सेवा पूनः सुरु भएको छ ।

कोरोना संक्रमणको कारण बन्द रहेको जनकपुरधाम–पटना बस सेवा शनिवारदेखि पुनः सुचारू भएको हो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र भारत विहारका मुख्यमन्त्री नितिश कुमारले हरियो झण्डा देखाएर शुभारम्भ गरेको जनकपुरधाम पटना बस सेवा कोरोना महामारीको कारण बन्द रहेको थियो ।

बन्द भएको करिब २० महिना पश्चात नेपाल भारत मैत्री बस सेवा सुरु भएको हो । माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले शनिवार देखि बस सेवा सुरु भएको जानकारी दिए । उनले यातायात प्रालि र जनकपुरधाम उद्योग वाणिज्य संघको प्रयासबाट बस सेवा पुनः सुचारु भएको बताए ।