जनकपुरधाम । छठ पर्वको लागि जनकपुरधामका पोखरीहरु सिँगारिदै छ ।

आस्था एवं निष्ठापूर्वक मनाइने छठ पर्वको लागि जनकपुरधामका पोखरीहरु सिँगारिदै छ ।

पोखरीहरुमा पण्डाल लगायतका काम सम्पन्न हुन लागेको छ भने झिलिमिलि बति, लाइट लगायतका सामग्रीहरु लगाउन बाँकी रहेको छ ।

छठ पर्व पानीको मुहान भएको ठाउँमा मनाइने गरेकोले पोखरी नभएको ठाउँमा नदी, कुँवालगायतका पानीको स्रोतलाई सफा गरी सजाइदै छ ।
चार दिनसम्म मनाइने छठ पर्व सोमबार ‘नहाय खाए’ विधिबाट सुरु हुन्छ । छठ पर्व अत्यन्तै निष्ठापूर्वक मनाइने भएकोले यसलाई सबैभन्दा कठोर पर्वको रुपमा लिइन्छ ।

यस पर्वमा व्रतालुले पहिलो दिन ‘नहाय–खाए’ गर्छन् । दोस्रो दिन खरना, तेस्रो दिन डुब्दै गरेको सूर्य र चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिन्छन् ।