काठमाडौं २२ कात्तिक । नियन्त्रित लागुऔधष सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजबिराज नगरपालिका-३ बस्ने २७ वर्षीय सूर्य प्रताप सिंह रहेका छन् ।

बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ८७६४ नम्बरको बसलाई नागढुङगास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनको साथबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४० एम्पुल, लेजेसिक ४० एम्पुल, फेनारगन ४० एम्पुल, नाईट्राभेट ३ सय ७० ट्याब्लेट र स्पास्मो प्रक्सिभन ४ सय १८ क्याप्सूल बरामत गरेको थियो ।

उनलाई शनिबार बिहान पक्राय गरिएको हो । पक्राउ परेका निज उपर थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।