मधेशटप।

कात्तिक २२ । जसपा , नेपाल रोहिणी गाउँपालिका समिति , धकधइले आयोजना गरेको पार्टी प्रवेश तथा शुभकामना आदान – प्रदान कार्यक्रममा प्रमुख अतिथि जसपा , नेपालका अध्यक्ष उपेन्द्र यादवज्यूले दिनु भएको अभिव्यक्तिको सारसंक्षेप —-

१. संघीयता विरोधीहरूले नै संविधान बनाएकाले संविधानको संशोधन अपरिहार्य रहेको छ ।
२. वर्तमानको ७ प्रदेशको नक्साङ्कन र नामाकरण अव्यावहारिक र अवैज्ञानिक रहेको हुँदा उच्चस्तरीय राज्य पुनरसंरचना आयोगको प्रतिवेदनअनुसार १० +१ प्रदेश नै उचित छ ।
३. समुन्नत समाजवादले नै विभिन्न खाले उत्पीडनको अन्त्य गर्छ।

सोही अवसरमा नेकपा एमालेका नेता धनीराम चौधरीको नेतृत्वमा माओवादी , कांग्रेस , एमाले र लोसपा परित्याग गरी सयौंको संख्यामा जसपा , नेपालमा प्रवेश गरेका छन् ।