सप्तरी । सप्तरीमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

सप्तरीको कंचनरुप नगरपालिका २ बरमझियामा बुधबार राति १० बजे सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार भारत बिहार राज्यको सुपौल बलुवा-३ बिहार बस्ने बर्ष २२ का राजु कुमार तिवारी र सोही मोटरसाइकलमा सवार परिचय खुल्न नसकेका अन्दाजी वर्ष ३१ का पुरुष छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको ग १ ख ९६४२ नम्बरको बसले BR 38 R 8173 नं.को मोटरसाइकल र पैदल यात्री लाई ठक्कर दिएको दिएको प्रहरीले जानकारी दिए ।

दुबैजनाको शव गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ । दुबैजनाको उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

ठक्करबाट पैदल यात्री कंचनरुप नगरपालिका १ बरमझिया बस्ने वर्ष १९ का रोहन प्रसाद गुप्ता घाइते भएका छन् । उनको उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।