जनकपुरधाम । प्रदेश‍-२ का मुख्यमन्त्री लालबाबु राउतले जनगणनामा सही तथ्यांक लेखाउन प्रदेशवासीसँग आग्रह गरेका छन् ।

मुख्यमन्त्री राउतले अपील जारी गर्दै जनगणना लिन आउने सुपरीवेक्षक वा गणकहरुलाई सही विवरण टिपाउन आग्रह गरेका हुन् ।

तथ्यांक संकलन गर्न घरमा आउने गणकलाई आत्मीय व्यवहार गर्न पनि उनले आग्रह गरेका छन् ।