मधेशटप। कार्तिक २५

राजविराज । बिगत सात महिनादेखी क्यान्सर बोकेर घरमै बस्न बाध्य परेका मुखको क्यान्सर पीडित जंगीलाल सदालाई उपचारका लागी चितवन जिल्ला स्थित भरतपुर क्यान्सर अस्पताल पठाएका छ्न।

आज बिहिवार महादेवा गाउँपालिका प्रमुख दिपक कुमार यादवले अस्पताल सम्म पुर्याउने व्यवस्था मिलाएपछी अस्पताल पठाएको नवीन कुमार यादवले बताएका छ्न।

कार्तिक १८ गते देखि जंगिलाल सदा बचाउ अभियान चलाएका युवाहरूको सक्रियताले पीडित सदा अस्पताल जाने सम्भव भएको शिक्षक लुकमान राइनले बताए ।

समाजिक सञ्जाल फेसबूकमा महादेवा गाउँपालिका वडा नम्बर ४ मनियार प्रसाही टोल बस्ने भिखो भनिने जंगिलाल सदा मुखको क्यान्सर पीडित रहेको खबर बाहिर आएपछि खाडी मुलुकका कामदारहरुले उपचार निम्ति सहयोग रकम पठाईरहेका छ्न।