जनकपुरधाम : जनमत पार्टी धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. १ सोहनीमा वडा कमिटी गठन भएको छ।
जनमत पार्टी धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका उपाध्यक्ष शिबकुमार यादव, लक्ष्मीनियाँ गाउँपालिका वडा न. १ का अध्यक्ष रामजीवन यादव र वडा सदस्य संजित यादव,रिंकु यादव र शिबकुमार यादव, रामजीवन यादवको विशेष उपस्थितिमा सो कमिटी गठन भएको हो।
लक्ष्मीनिया गाउँपालिका वडा नं. १ सोहानीमा शिवकुमार यादवको संयोजकत्वमा ५० सदस्यीय वडा गठन भएको छ।
विभिन्न पार्टी परित्याग गरी ५० जना कार्यक्रताले जनमत पार्टीमा प्रवेश गरेका छन् ।
जसमा सदस्य रिंकु यादव, श्याम साह, दिपक मंडल लगायत ५० सदस्यीय जनमत पार्टी वडा स्तरीय समिति गठन गरिएको छ ।
जसमा जनमत पार्टीका धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिकाका उपाध्यक्ष शिवकुमार यादव ,र जनमत पार्टीका गाउँपालिका अन्तर्गत अबध रही नेता कार्यकर्ताहरुको सहभागि रहेको थियो।
Discussion about this post