मधेशटप।

जनकपुरधाम :  ‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने मुल नाराका साथ यस बर्षको आठौ कर दिवस देशैभर स मनाईंदैछ ।

नेपालले २०५४ साल मंसिर १ गतेदेखि लागु गरेको मूल्य अभिवृद्धि करको सम्झनामा  प्रत्येक वर्ष मंसिर १ गते यो दिवस मनाइँदै आएको छ ।

 

त्यस्तै राजश्व कार्यालय, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाले प्रभातफेरीको आयोजना गरेका छन् ।

कर दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले  सम्पूर्ण नेपाली नागरिकलाई आफ्नो दायित्व पूरा गर्न प्रोत्साहन मिल्ने अपेक्षा गर्नुभएको छ ।

प्रतिनिधित्व विना कर लगाउन र सो करको खर्च गर्न नपाउने सर्वमान्य सिधान्त रहेको  बताउनुभएको छ ।

कर दिवसको अवसरमा संघ, प्रदेश र स्थानीय तहमा सम्बिधान र कानुन बमोजिम कर संकलनमा योगदान पुर्याउने सम्पुर्ण नागरिक, स्थानीय निकाय, फर्म ब्यवसायी  तथा कर संकलनमा योगदान पुर्याउने राष्ट्रसेवक कर्मचारीहरुलाई शुभकामना दिनुभयो ।