जनकपुरधाम । शौर्य सिमेन्टको प्रायोजन तथा विजय लक्ष्मी मिडिया फाउन्डेशनको आयोजनामा धनुषाको सपहिमा मिथिला लोक सांस्कृतिक समागम कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

विश्वको १३० वटा भन्दा बढि देशमा गई आफनो देश सहित त्यस देशको राष्ट्रगान प्रस्तुत गरेका विश्व राष्ट्रगान यात्री राम जी नोपालीको स्वागत एवं सम्मानको लागी आयोजना गरिएको उतm कार्यक्रममा मिथिलाको कला संस्कृतिहरु प्नि प्रस्तुत गरिएको थियो । उतm कार्यक्रममा भएको नृत्य प्रस्तुतीहरुको निर्देशन अजय राउत र शयाम शशि ले गरेका थिए ।

लक्ष्मीनीयाँ गाँउपालिकाका अध्यक्ष विन्देश्वर यादवको प्रमुख आतिथ्यमा गरिएको उतm कार्यक्रममा विभिन्न विशिष्ट व्यतिmत्वहरुको उपस्थिती रहेको थियो ।

मिथिलाको कला संस्कृति एवं परम्परालाई निरन्तरता दिन र आफनो देश तथा विदेशमा आफनो कलालाई फ्रष्टयाउन मिथिला लोक सांस्कृतिक समागमको अवधारण ल्याईएको विजय लक्ष्मी मिडिया फाउन्डेशनका अध्यक्ष संतोष लाल दासले जानकारी दिनुभयो ।

हाम्रो संस्थाद्धारा प्रत्येक महिना विभिन्न स्थानमा गई यो कार्यक्रम गरिने उहाँको भनाई थियो ।

कार्यक्रममा विजय लक्ष्मी मिडिया फाउन्डेशनको तर्फबाट रु ११ हजार नगद र मायाको चिनो प्रदान गरि अभियानी रामजी नेपाली र भारतका चर्चित गायक गोबिन्द झा लाई रु ५५ सय र मायाको चिनो प्रदान गरि स्वागत एवं सम्मान गरिएको थियो ।

शौर्य सिमेन्ट मुख्य प्रायोजक रहेको यस कार्यक्रममा सह प्रायोजकको रुपमा जानकि केबल वाईर ईण्डष्ट्रिज, शिवम ट्रेडर्स एण्ड सप्लायर्स, श्री जानकी अटो ट्रेड लिंक रहेको थियो ।