महोत्तरी : प्रदेश २ का पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहाद्वारा   संसदीय कोषबाट निर्मित धर्मशाला रामगोपालपुर नगरपालिका ३ विर्ता  स्थित  संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज) एवम् धर्मशालाको उद्घाटन  आज गर्नुभएको थियो ।

महा्ेत्तरीको निर्वाचन क्षेत्र नं. ४ ख  को प्रदेश  सभा सदस्य एवम् पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहाले आज उक्त धर्मशालाको उद्घाटन गरेका हुन् ।

सो अवसरमा पूर्व राज्य मन्त्री सरोज सिंह कुश्वाहा , महोत्तरी जिल्ला सदस्य रबिन्द्र सिंह  र क्षेत्रीय अध्यक्ष गगन देव यादव लगायत  जसपाका कार्यकर्ता तथा जनताहरु संग भेटघाट संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज)  समेत गर्नु भएको  थियो ।

यस कार्यक्रम बारे जसपाका महोत्तरी  जिल्ला सदस्य रबिन्द्र सिंहले बताए ।