सप्तरी । विग्रिएर रोकी राखेको बसमा मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका ५ मोहनपुरमा गएराती विग्रिएर रोकी राखेको बसमा मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीकै डाक्नेश्वरी नगरपालिका १ कविलासका अन्दाजी २८ वर्षीय भुपेन्द्र चौधरीको मृत्यु रहेको प्रहरीले जनाएको छ ।

विग्रिएर रोकी राखेको ना ५ ख ८० १० नम्बरको यात्रुबाहक बसमा प्रदेश २–०१–००१ प २९ ७१ नम्बरको मोटरसाइकल ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको हो । दुबै सवारी साधन सहित बस चालकलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिइसकेको छ ।