उदयपुर । उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

मदन भण्डारी लाकमार्ग अन्तर्गत उदयपुरगढी–६ दनुवारबेसीमा ८ः५० बजे ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुको साथै १९ जना घाइते भएका हुन् ।

मृत्यु हुने त्रियुगा नपा–९ का गैरुनका ४० वर्षीय बौका सदाको मृत्यु भएको हो । उपचारको क्रममा सदाको गाईघाट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उदयपुरको ताप्ली गाउँपालिका भवनको ढलानको लागि मजदुर लिएर हिँडेको थियो ।