सप्तरी । देशमा थप २ सय ९९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप २ सय ९९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

पछिल्लो चौबीस घण्टामा पिसीआर विधिबाट २ सय ७२ र एन्टिजेन विधिबाट ७२ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ८ लाख १८ हजार ३०७ जना पुगेको छ ।

२ सय ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९९ हजार १ सय ७६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार आज संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेमा ११ हजार ४ सय ८९ पुगेको छ ।