जनकपुरधाम । धनुषाको बिदेह नगरपालिका ७ बेलापट्टीमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन ।

सिरहा—धनुषा जोड्ने कमला नदीमा पूर्णिमा स्नान (नुहाउन) गइरहेको भारतीय नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार ट्याक्टरमा सवार भारत विहार राज्यको सितामढी बेला थाना एकहरियाकी अम्बिका मण्डल र रामदयाल रायको मृत्यु भएको छ ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको छ । केहि घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।