सप्तरी । सप्तरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने, ६ जना घाइते भएका छन् ।

सप्तरीको कञ्चनरुप नगरपालिका–८ बेरियरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुको साथै ६ जना घाइते भएका हुन् ।

उक्त दुर्घटनामा काठमाडौं महानगरपालिकाका ४० वर्षका गृषमान सिंहको घटनास्थलमै र विराटनगर महानगरपालिका–३ का ४१ वर्षका चुडाबहादुर बस्नेतको उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्ले जानकारी दिए ।

पूर्व पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ४६९२ नम्बरको बसले विपरीत दिशाबाट आएको बा ४ ख ५०७९ नम्बरको माइक्रोबसलाई ठक्कर दिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी काफ्ले जानकारी दिए ।

दुर्घटनामा ६ जना घाइते भएकाा छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते काठमाडौं क्षेत्रपाटीका पुरुषको विराटनगरमा र अरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।