काठमाडौं। नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनका लागि भारतको प्रदेशबाट प्रतिनिधि चयन भएका छन्। १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले भारत प्रवास कमिटीबाट पाँच जना प्रतिनिधि छानिएका हुन्।

जसमा खुलातर्फ हरि घिमिरे, लोकनाथ भण्डारी र टीका पौडेल छन्। त्यस्तै, महिलातर्फ सीता अधिकारी र बालुका बेल्बासे चयन भएका छन्।