सप्तरी । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

हाल प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

त्यस्तै, आज दिउँसो देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागहरू सामान्यतया सफा रहने छ। प्रदेश १ को एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, आज राती देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागहरू सामान्यतया सफा रहने छ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।