मोरङ । मोरङमा भएको प्रदेशसभा क्षेत्रीय निर्वाचनमा डा शेखर कोइराला पक्षधर हावी भएका छन्।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङमा भएको प्रदेशसभा क्षेत्रीय निर्वाचनमा डा कोइराला पक्षधर हावी भएका हुन्।

मोरङका ६ निर्वाचन क्षेत्रअन्तर्गतका १२ प्रदेशको मत परिणाममा कोइराला पक्षले ७ वटा निर्वाचन क्षेत्रमा जीत हात पारेको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्षका ३ जनाले जीत हासिल गर्दा २ प्रदेशमा महेश आचार्य पक्षधरले बाजी मारेको छ। मोरङको राजनीतिमा डा शेखर कोइराला, महेश आचार्य र मीनेन्द्र रिजाल संयुक्त रहेका छन्।

महानगरको निर्वाचनमा समेत तीनैजना एकै समूह भएर अघि बढेका थिए। कांग्रेस महाधिवेशनपूर्व केही दिनअघि तीन जनाबीच छलफल भएको कांग्रेसका एक नेताले बताएका छन्।