मधेशटप ।

जनकपुरधाम।  नेकपा (माओवादी केन्द्र)ले सहिदनगर ९ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ।

 

शनिवार भएको सवै वडाका अधिवेशनबाट वडाका सबै पदमा निर्विरोध नेतृत्व चयन गरिएको प्रदेश कमिटी सदस्य एवम् सहिदनगर नगरपालिका मेयर उदय वरबरियाले जानकारी दिए।

 

माओवादीले १० देखि १३ पुससम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दै छ । शनिबार केही वडाबाहेक देशैभरका वडा अधिवेशन सम्पन्न भएको माओवादीले जनाएको छ। माओवादीले ११ मंसिरमा पालिका र २५ मंसिरमा प्रदेश स्तरीय सम्मेलन गर्दै छ।