सप्तरी । देशमा थप २३८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप २३८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

पछिल्लो चौबीस घण्टामा ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना र १ हजार २ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३८ जनामा कोरोना संक्रमण पुष्टि हो । योसंगै कुल संक्रमितको संख्या ९ लाख १४ हजार ३३३ जना पुगेको छ ।

त्यस्तै, आज ३७० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ३५९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार आज संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेमा ११ हजार ४ सय ९५ पुगेको छ ।