सप्तरी । नेकपा एमालेका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष शम्भु थापालाई बाँसको हरियो कर्चीले कुट्नुपर्ने बताएका छन् ।

एक कार्यक्रममा पत्रकार सँग कुरा गर्दै मण्डलले मण्डलले शम्भु थापालाई टुँडिखेलमा ल्याएर बाँसको हरियो कर्ची काटेर आगोमा पोलेर त्यसले कुट्नुपर्ने टिप्पणी गरेका हुन् ।

पूर्व अध्यक्ष थापालाई बेकुफको संज्ञा दिँदै उनले भने,‘त्यो बेकुफ शम्भु थापा, र नेपालका कुलंघार न्यायाधीशहरु, यिनीहरु न्यायाधीश हुन ? यिनीहरुमा देशभक्ति छ ? जब दुर्गानान्द झालाई सजाय गर्ने कुरा आयो, त्यो भीम रावल पनि एकदमै ठूलो राष्ट्रवादी बनिरहेको छ ।’ उनले थप्दै भने ,‘यी मुलाहरु सबै विदेशीका एजेण्ट हुन, तलब खानेहरु हो, बर्ता कुरो गर्छ ? ‘त्यो केटो कहिले जन्मिएको हो ? मान्छे चिनेको छ ? लम्पटहरु कहीँका ? यस्ता नालायकहरु, मैले चाहेको भए नेपालमा लोकतन्त्र र गणतन्त्र आउने थिएन, शम्भु थापाको के योगदान छ ? त्यो मूला बर्ता हुन्छ ?