जनकपुरधाम । गुडिरहेको विंगरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ ।

धनुषामा आज बिहान ७ बजे गुडिरहेको विंगरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनुषाको धारापानी बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत्त धनुषाधाम नगरपालिका ७ भगवानपुरी १८ वर्षीया पूजाकुमारी महतो रहेको छ ।

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना १ ज ७०४९ नम्बरको विंगरको ढोका छेउबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षश प्रदीप सुवेदीले जानकारी दिए ।

गुडिरहेको बेला ढोका छेउबाट लड्दा पूजाको टाउकोमा बेस्सरी चोट लागेकोले घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी कलेजबाट कुनैकामको लागि ढल्केबर तर्फ आउन लागेको बेला दुर्घटनामा परि मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

पुजाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र विंगर चालकलाई नियन्त्रणमा लिएर घटना विषयमा थप अनुन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।