मधेशटप ।

 

जनता  समाजवादी पार्टी नेपालका सांसद एवंम् पुर्व आन्तरिक मामिला तथा राज्य मन्त्री सरोज सिंह कुशवाहले महोत्तरीको रामगोपालपुर्  नगरपालिकामा वडा नम्बर ४ मा रामबृक्ष महतोले १ कठ्ठा  जग्गा दिएको उक्त जग्गामा  सामुदायिक भवनको शिलान्यास गरेका छन् ।

उनले भने  बजेटमा अनियमितता नगरी ईमान्दारिता पुर्वक काम गर्न आग्रह गरे । उनले भने, ‘म भ्रष्टाचारको विरोधी हुँ । मलाई एक पैसा चाहिदैन । तपाईहरु पनि पारदर्शी रूपमा काम गर्नुहोला ।’

निरन्तर समाज संग जोडेर सामाजिक मुद्दा उठान र समधान गर्ने तर्फ़ उन्मुख रहेका पुर्व राज्यमन्त्री कुशवाहाले यो खाली समयलाई विशेष रुपमा सदुपयोग गर्नका लागि आफूले आफ्नो क्षेत्रका जनता , नेताकार्यकर्तासंग भेटघाट र उहाँहरुको समस्या समाधानका लागि कार्यकर्ताको माझ गएर कार्यक्रम शुरु गरेको बताए ।

आफ्नो निर्वाचन क्षेत्रमा स्थानीयहरु संग भेटि समस्या,गुनासो , बिकाशका योजना बारे बुझेका सांसद कुशवाहाले  आफु छिटो भन्दा छिटो समस्या समाधान गर्ने र बिकाश तर्फ आवस्यक हरेक निकाय एवं मन्त्रालय र स्थानीय सरोकार वाला संग समन्वय गरि क्षेत्र को जनतालाइ विकास को प्रतिभुती दिलाउने बाचा गरे ।

शिलान्यास कार्यक्रममा  उमेश महताे , नेका का हरि महताे , सुनिल सिंह ,पंच लाल महताे, राम प्रगास महतो लगायत नेता तथा कार्यकर्ता र गाउँ का अन्य समाजसेबि , बुधिजिबी काे वडा नं.१को वडा अध्यक्ष तेजिलाल यादव उपस्थितिमा कार्यक्रम  सम्पन्न  भएको थियो ।