काठमाडौं। इन्जिनियरको घरमा जडान गरिएको पानीको पाइपबाट पानीको सट्टामा पैसाका नोटहरू निस्किएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भारतको कर्नाटक राज्यको एन्टि करप्सन ब्युरोले जारी गरेको  छ ।

एसीबीले यो छापा पब्लिक वर्क्स डिपार्टमेन्टका एक इन्जिनियरको घरमा मारेको थियो । भिडियोमा एसीबीका अधिकारीहरूले पाइपबाट पैसा र सुनका गहना निकालिरहेको देख्न सकिन्छ । जाँच एजेन्सीका अधिकारीहरूले कलबुर्गीमा जेइ शान्तागौडा बिरादरको घरमा छापा मारेका थिए । शान्तागौडामाथि आफ्नो कार्यकालमा आयभन्दा धेरै सम्पत्ति जम्मा गरेको आरोप छ ।

एसीबीले यो छापा एसपी महेश मेघनावरको नेतृत्वमा गरेको थियो । मिडिया रिपोर्टका अनुसार एसीबीले बिहान ९ बजे घरको ढोका ढकढक्याएको थियो । तर, बिरादरले ढोका खोल्न १० मिनेट लगाए । यसबाट एसीबीलाई उनले कतै पैसा लुकाएको शंका भयो ।

छापा मार्ने क्रममा एसीबीले प्लम्बर बोलाएर पिभिसी पाइल काट्न लगायो । प्लम्बरले पाइप काटेपछि त्यहाँ पैसा र गहना भेटिए । न्यू इण्डियन एक्सप्रेसका अनुसार उनको घरमा अवैध साढे १३ लाख रुपैयाँ भेटियो । डिसी नेपालबाट