सप्तरी । कोसी ब्यारेजमा हाम फालेर एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो हनुमाननगर कंकालनी नगरपालिका-१ कोसी ब्यारेजको ५२ नम्बर ढोकाबाट हाम फालेर एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा झापाको दमक नगरपालिका-६ का सुभाष नेपाल रहेको छ । हाम फालेको विषयमा स्थानीयले प्रहरीलाई जानकारी गराएपछि खोज तलास गर्ने क्रममा दिउँसो करिब साढे २ बजे सुभाषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।

उनले किन हाम फालेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।