सप्तरीको सिस्वाबेल्ही बाट लागू औषधि सहित २ जना पक्राउ

 

उमेश कुमार साह

 

नेपालमा बिक्री वितरणका लागि प्रतिबन्धित रहेको नशाका लागि प्रयाेग गरिने लागू औषधि सहित २ जना पक्राउ परेका छन्।

 

पक्राउ पर्नेमा सप्तरी बोदे बर्साईन नगरपालिका वडा नम्बर ०१ बस्ने सुरज कुमार यादव र राधेश्याम मन्डललाई लागू औषधि सहित २ जना पक्राउ परेका छन्।

 

नशाका लागि प्रयोग गरिने NITRAVET-१० लेखिएको ५ पत्तामा १४९ चक्की , २ एमएलको DIAZELAB एम्पुल ६ पिस , PHENENERGAN एम्पुल ६ पिस र नाम लेखेल ( लेबल ) नभएको ६ पिस गरि जम्मा १८ पिस एम्पुल बरामद गरेका हुन्।

 

सप्तरी जिल्ला खडक नगरपालिका वडा नम्बर २ सिस्वा बेल्हीमा बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कडरबोना मातहत समेतबाट खटिएको गस्ती टोलिले दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको र शाकित तरिकाले हिडडुल गरि रहेको अवस्थामा फेला परि निजहरुको शरीर चेकजाँच गर्दा निज सुरज कुमार यादवले दाहिने हातमा बोकेको कालो प्लास्टिकको झोलामा

प्रतिबन्धित रहेको नशाका लागि प्रयाेग गरिने लागू औषधि , बिशेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र पासवानको मातहतबाट खटिएको टोलिले पक्राउ गरेका छन्।

 

पक्राउ परेकामाथि कानुन बमोजिम म्याद थप गरि बिस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय राजबिराजका प्रहरी नायव उपरीक्षक माधव काफ्ले बताए।