सिरहा । सिरहाबाट ५० ग्राम सुन र रु ५४ हजार नगदसहित दुई युवक पक्राउ परेका छन्।

सिरहाको लहान नगरपालिका-७ बाट ५० ग्राम सुन र रु ५४ हजार नगदसहित दुई युवकलाई प्रहरीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका-११ निवासी २५ वर्षीय तौहिद आलम र सप्तरीकै बोदे वर्साइन नगरपालिका-६ निवासी २५ वर्षीय मो. समिम अख्तर रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले रु तीन लाख ९१ हजार ८०३ मूल्य बराबरको ५० ग्राम सुन र रु ५४ हजार नगद बरामद गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा. तपन दाहालले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले स८प ६०७७ नंको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनालाई सुन र नगदसहित पक्राउ गरेको उनले बताए ।