मधेशटप ।

 

जनकपुरधाम, मंसिर १५ । प्रदेश २ का प्रवक्ता एवंम् अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले विवाहपंचमी महोत्सवको समग्र तयारीमा जुटन सरोकारबला निकायहरुलाई निर्देेशन दिनु भएको छ ।

प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका , जानकी मन्दिर एवं सुरक्षा निकायका प्रमुखहरु सहितको  प्रदेश २ को धरोहर रहेको विवाहपंचमी महोत्सवलाई भव्य बनाउन सबै निकायलाई निर्देशन दिनु भएको छ ।

महोत्सवलाई लक्षित गर्दै सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा निकायहरुलाई निर्देशन दिनु हुँदै अर्थमन्त्री साहले सुृरक्षा व्यवस्थालाई थप मजबुत बनाउन आवश्यक व्यवस्थापन प्रदेश सरकारले गरि दिने प्रतिवद्धता जनाउनु भएको छ ।

त्यसै गरि उपमहानगरपालिकाको नेतृत्वमा हुने सरसफाईमा सुरक्षा निकायका साथै स्थानीय सघ,संस्थाहरु समेत सहयोग गर्न प्रवक्ता साहले आग्रह गर्नु भएको छ ।

विवाहपंचमी महोत्सवलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारको तर्फ बाट मुल नाकाहरुमा प्रवेश द्वारा निर्माण गर्नुका साथै खानेपनिको व्यवस्थागर्न सम्बन्धित मन्त्रालयहरुलाई समेत अर्थमन्त्री साहले निर्देशन दिनु भएको छ।