उमेश कुमार साह,

१७ मंसिर, बोदे बर्साईन ।

सप्तरीको बोदे बसाईन नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको नगर अधिवेशनले सर्वसम्मत रुपमा नगर अध्यक्षमा रामप्रसाद रामलाई चयन गरेका छन् । खडकपुर हटियामा भएको प्रथम नगर अधिवेशनले रामको नेतृत्वमा ५५ सदस्यी समिति गठन गरेको छ ।

गठित समितिको उपाध्यक्षमा बिनोद कुमार यादव, श्रीलाल मंडल, शिला कुमारी यादव, कोषाअध्यक्ष सुनिता कुमारी साह, सचिव किरण कुमार यादव सह— सचिव चन्द्रकान्त चौधरी चयन भएका छन् ।

सो अधिवेशनलाई सम्बोधन गर्दै ने.क.पा माओबादी केन्द्रका केन्द्रिय सदस्य , सप्तरी जिल्ला ईन्चार्ज अशोक कुमार मंडल अमरले भने बोदे बर्साईन नगरपालिका जमिन्दार,सामंतले जकरेको नगरपालिका हो । यहाँ अझै गणतन्त्र आएको छैन । दुई वटा दरबारको पुस्तौनी राजनीति चलिरहेकोले यो ब्यवस्थालाई ढालन जनता संगठित हुन ुपर्नेमा जोड दिए ।

नगर अधिवेशन हिरा लाल यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य महेश प्रसाद यादव , जिल्ला सदस्य दिलिप कुमार यादव लगायतको नेताको उपस्थितिमा समपन्न भएको छ ।